Thursday, June 4, 2026

मधेश प्रदेशमा तीन घण्टामा १ लाख ८१ हजार मत खस्यो

spot_img

कलैया, २१ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा बिहानैदेखि मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको बिहान १० बजेसम्मको तथ्याङ्क अनुसार मधेश प्रदेशमा कुल १ लाख ८१ हजार ५६ जनाले मतदान गरिसकेका छन्।

मधेश प्रदेशका ८ वटै जिल्लाका ३२ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि नै सामान्य घटना बाहेक शान्तिपूर्ण रूपमा मतदान कार्य अघि बढिरहेको छ। सर्लाही-४ मा केहिबेर विवाद भए पनि अहिले शान्तिपुर्ण रुपमा मतदान भैरहेको छ ।

प्रदेशभर रहेका २ हजार १६० मतदान स्थलहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन आयोगका अनुसार बिहानको समयमा करिब ४.९८ प्रतिशत मत खसेको छ । मधेश प्रदेशमा ३६ लाख ३६ हजार ४ सय १४ मतदाता रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर