Sunday, June 7, 2026

मतदानको समय सकियो

spot_img

कलैया, २१ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएको मतदानको समय बेलुकी ५ बजे सकिएको छ। तर, मतदान केन्द्रमा साँझ ५ बजेभित्र लाइनमा बसिसकेका मतदाताहरूले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

बारा्का मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो। साँझ ५ बजेको समय सीमा सकिए पनि केही केन्द्रहरूमा अझै मतदाताहरूको लामो लाइन रहेकाले उनीहरूको मतदान नसकिँदासम्म मतदान प्रक्रिया जारी रहने जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ बजेसम्म मतदान स्थलको घेराभित्र प्रवेश गरिसकेका वा लाइनमा रहेका मतदातालाई मतदानको सुनिश्चितता गरिएको छ। मतपेटिकाहरू सिल गर्ने र सुरक्षित साथ मतगणना स्थलसम्म लैजाने प्रक्रिया सुरु हुनेछ।

मतपेटिकाहरू संकलन गरिसकेपछि आज राति वा भोलि बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर