Monday, August 10, 2026

अमरेश सिंहलाई बधाई दिँदै गगन थापाले भने: ‘क्षेत्रका समस्याहरूमा निरन्तर काम गरिरहनेछु’

कलैया, २४ फागुन। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका डा. अमरेश कुमार सिंहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले डा. सिंहको कार्यकालको सफलताको कामना गर्दै आफ्ना शुभचिन्तक र मतदाताहरूप्रति आभार प्रकट गरेका हुन।

‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना,’ सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले यस क्षेत्रमा देखेका समस्या समाधानका लागि आफ्नो तर्फबाट पहलका लागि निरन्तरता दिने पनि बताएका छन् ।

‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु,’ उनले लेखेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर