Monday, August 10, 2026

बिमा गराएका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

कलैया, २८ फागुन । स्वास्थ्य बीमा बोर्डले बीमा गराएका बिरामीहरूलाई अस्पताल बाहिर औषधि र स्वास्थ्य सामग्री खरिद गर्न नलगाउन सबै अस्पतालहरु लाई निर्देशन दिएको छ।

केही अस्पतालहरूले बीमाको प्याकेजमा पर्ने उपचारका क्रममा समेत बिरामीलाई बाहिरका पसलबाट नगदमा औषधि किन्न बाध्य पारेको गुनासो आएपछि बोर्डले यस्तो परिपत्र जारी गरेको हो। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अस्पतालहरूले बीमितसँग औषधिजन्य सामग्री बाहिर किन्न लगाउनु ‘स्वास्थ्य बीमा ऐन र नियमावली २०७५’ विपरीत कार्य हो।

बोर्डले यस निर्देशनको उल्लंघन गरी बिरामीलाई अनावश्यक आर्थिक भार थप्ने अस्पतालहरूलाई नियमावलीको नियम १८ बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।

हाल स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँच जनाको परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ योगदान गरेबापत १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर