कलैया , २८ फागुन । अन्तर्राष्ट्रिय बजारमा विकसित पछिल्लो घटनाक्रम र आपूर्ति व्यवस्थामा देखिएको असहजतालाई मध्यनजर गर्दै नेपाल आयल निगमले उपभोक्तालाई आधा सिलिन्डर मात्र ग्यास वितरण गर्ने निर्णय गरेको छ।
निगमले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आगामी फागुन २९ गतेदेखि लागू हुने गरी अब प्रतिसिलिन्डर ७.१ केजी मात्र ग्यास भरिने जनाएको छ । ग्यासको तौल घटाएसँगै निगमले यसको मूल्य पनि समायोजन गरी प्रतिसिलिन्डर ९५५ रुपैयाँ कायम गरेको छ।
भारतमा समेत एलपी ग्यासको आपूर्तिमा समस्या देखिन थालेपछि बजारमा अभाव हुन नदिन र वितरण प्रणालीलाई व्यवस्थित बनाउन अर्को व्यवस्था नभएसम्मका लागि यो कदम चालिएको निगमले जनाएको छ।






