Monday, August 10, 2026

राहदानी सेवा एकदेखि तीन सातासम्म बन्द हुने

कलैया, २९ फागुन । राहदानी विभागले नयाँ आपूर्तिकर्तासँगको सम्झौताअनुसार नयाँ प्रणाली जडान गर्न लागेकाले राहदानी सेवा केही समयका लागि अवरुद्ध हुने जनाएको छ।

विभागका अनुसार त्रिपुरेश्वरस्थित कार्यालयबाट प्रदान गरिने सेवा करिब एक साता बन्द हुनेछ भने जिल्ला प्रशासन, इलाका प्रशासन र विदेशस्थित नेपाली नियोगहरूबाट हुने सेवा एकदेखि तीन सातासम्म बन्द रहनेछ।

हालको प्रणालीलाई नयाँ प्रणालीमा बदल्ने (सिस्टम माइग्रेसन) प्रक्रियाका कारण यो समस्या आएको विभागले जनाएको छ। नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने भएकाले उक्त अवधिमा राहदानी जारी हुन साविकभन्दा बढी समय लाग्न सक्ने विभागले स्पष्ट पारेको छ।

विभागले जारी गरेको सूचनामा उक्त अन्तरिम अवधिमा जिल्लारइलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने समेत उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर