Monday, August 10, 2026

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

कलैया, २९ फागुन । सर्लाहीको बरहथवामा शुक्रबार साँझ एक स्कारपियोले जन्तीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। बरहथवा नगरपालिका–१०, सीतापुरस्थित सडक खण्डमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको भारतीय नम्बर प्लेटको स्कारपियोले पैदल हिँडिरहेका जन्तीहरूलाई ठक्कर दिएको थियो।

प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बरहथवा नगरपालिका–९ का करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा परी ११ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

दुर्घटनापछि स्कारपियो चालक बरहथवा नगरपालिका–१२ का ४० वर्षीय नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार घटना बारेमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर