Friday, August 7, 2026

सुनचाँदीको मूल्य आज पनि घट्यो

कलैया, ०१ चैत । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ। शुक्रवारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु ४ हजार ८०० र चाँदीको मूल्य रु २२५ ले घटेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ४०० कायम भएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला रु ५ हजार २७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रवार सुन प्रतितोला रु ३ लाख १४ हजार २०० र चाँदी रु ५ हजार ४९५ मा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर