काठमाडौँ, ३ चैत । सुनचाँदीको मूल्यमा आज सामान्य वृद्धि भएको छ। सुन प्रतितोला रु ४ सय र चाँदी रु ७० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९०० कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला रु ५ हजार ३३५ निर्धारण गरिएको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला रु ३ लाख ९ हजार ५०० मा कारोबार भएको थियो भने चाँदी रु ५ हजार २६५ मा किनबेच भएको थियो।




