Saturday, June 6, 2026

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पशुपतिनाथमा रुद्राभिषेक

spot_img

कलैया, ४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरी विशेष रुद्राभिषेक पूजाअर्चना गरेकी छन् ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको खुसियालीमा उनले राष्ट्रको थप उन्नति, शान्ति र स्थायित्वको कामना गर्दै पूजा गरेकी हुन।

सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै नेपालीहरूबीच आपसी एकता र सद्भाव अझ मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पूजामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा र कार्यकारी निर्देशक सुवास जोशीलगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर