Saturday, June 6, 2026

सुनको मूल्यमा आज पनि गिरावट, तोलामा ६ हजार ५ सयले घट्यो

spot_img

कलैया, ०९ चैत । नेपाली बजारमा आज सोमबार पनि सुनको मुल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि आइतबार भने १२ हजार ५ सय रुपैयाँले घटेको थियो । आइतबार सुन दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १ सय १५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी चार हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर