Saturday, June 6, 2026

आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

spot_img

कलैया, १० चैत । आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्थाको महापर्व चैती छठ मनाइँदैछ। गत आइतबार नहा-खा विधिबाट सुरु भएको यो चार दिने अनुष्ठानको आज मुख्य दिन षष्ठी तिथि हो। आज व्रतालुहरूले जलाशयमा पुगेर ठेकुवा, भुसवा, खजुरीया र विभिन्न फलफूलका साथ सूर्यको आराधना गर्नेछन्।

पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई पूजा गर्ने अनुपम परम्परा छ। महाभारत कालमा द्रौपदी र पाण्डवहरूले सूर्यको उपासना गरेको प्रसङ्गसँग जोडिएको पर्व हो ।

अहिले तराई-मधेसका साथै काठमाडौँ, पोखरा र धरानजस्ता प्रमुख सहरहरूमा पनि उत्साहका साथ मनाउन थालिएको छ। भोलि बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिवत् रूपमा समापन हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर