काठमाडौँ, १० चैत । स्थानीय बजारमा आज पनि सुनकोे मूल्य घटेको छ । सुन तोलामा रु एक हजार ६०० ले घटेको हो भने चाँदी भने तोलामा रु ८० ले बढेको छ ।
आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्




