Saturday, June 6, 2026

बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

spot_img

कलैया, १० चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। लामो समयसम्म पथलैया र सिमरा क्षेत्रका विद्यालयहरूमा अध्यापन गराई हालै सेवानिवृत्त भएका ६१ वर्षीय शिक्षक केदारप्रसाद शर्माको सडक दुर्घटनामा मृत्यु भएको हो।

रौतहटको संग्रामपुर स्थायी घर भई हाल उनी हाल जीतपुरसिमरा उपमहानगरपालिका–२ मा बसोबास गर्दै आएका थिए । शर्मालाई डुमरवाना–बडहर्वा सडकखण्डमा गुडिरहेको ट्याक्टरले ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्र.०२–०३–००७ प २३४१ नम्बरको मोटरसाइकल चलाउदै गरे्का शर्मालाई सोही दिशाबाट आउँदै गरेको ना७त ५२२६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। उक्त ठक्करका कारण मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको अर्को ट्याक्टर प्र.०२–०३–००१ त ५६१५ मा ठोकिन पुगेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका शर्माको वीरगन्जस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर