Sunday, August 9, 2026

बालेनलाई संसदीय दलको नेता बनाउने निर्णय गर्न रास्वपा बैठक बस्दै

कलैया, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाएको छ।

सभापति रवि लामिछानेको निर्देशनमा बस्न लागेको बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन गर्नु रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

बैठकले वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने र लगत्तै बस्ने संसदीय दलको बैठकबाट उक्त निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ।

पार्टीभित्र बालेन शाहलाई संसदीय दलको नेता बनाउँदै भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भइसकेको छ। बैठकको कार्यसूचीमा पहिलो बुँदामा संसदीय दलको नेता चयन र दोस्रो बुँदामा विविध समसामयिक विषय राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर