कलैया, १२ चैत । नेपाली बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य घटेको छ । सुन तोलामा दुई हजार ९ सयले घटेर प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १ सय रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





