Saturday, June 6, 2026

क्रोएशिया पठाइदिन्छु भन्दै ११ लाख ठगी, एक जना पक्राउ

spot_img

कलैया, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-७ बस्ने गुल्मी दरबार गाउँपालिका-४ घर भएका ४५ वर्षीय रबिन्द्र जंग रायमाझी रहेका छन् ।

रबिन्द्रले क्रोएशिया पठाइदिन्छु भनी ३ जना पीडितहरूबाट ११ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर