Monday, August 10, 2026

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

कलैया, १५ चैत । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालत उपस्थित गराइँदै छ। शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई आज मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो।

गत भदौमा भएको जेनजी आन्दोलन का क्रममा भएको हिंसात्मक घटनामा दोषी ठहर गर्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा शनिबार प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निजी निवास र लेखकलाई भक्तपुरकै कटुन्जेबाट नियन्त्रणमा लिएको थियो।

आज अदालतले उनीहरूलाई अनुसन्धानका लागि कति दिन हिरासतमा राख्ने अनुमति दिन्छ भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ। दुवै नेतालाई हाल प्रहरीको कडा सुरक्षा घेरामा राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर