Saturday, June 6, 2026

रवि लामिछानेको मुद्दा संशोधनविरुद्धको रिट पूर्ण इजलासमा पठाइने

spot_img

कलैया, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा संशोधन गर्ने सरकारी निर्णयविरुद्ध परेको रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

आइतबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दाको अन्तिम किनाराका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।

यसअघि महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा संशोधन (फिर्ता) लिने निर्णय लिएकी थिइन् । उक्त निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अन्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर