Sunday, August 9, 2026

बालेन सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भंग

कलैया, १५ चैत । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले बालेन्द्र शाह नेतृत्व सरकारको प्रशासनिक सुधारसम्बन्धी कदमलाई समर्थन गर्दै आफ्नो संगठन भंग गर्ने घोषणा गरेको छ।

मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार आगामी २०८२ चैत १५ गतेदेखि लागु हुने गरी युनियन भंग गरिएको आधिकारिक जानकारी दिइएको हो। सरकारले अघि सारेको शासकीय सुधारको योजनालाई आत्मसात गर्दै युनियनले सकारात्मक निर्णय लिएको हो।

युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी विज्ञप्तिमा सकीय सुधारसम्बन्धी एकसय कार्यसूचीअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितासम्बन्धी बुँदा नं. १२ लाई मध्यनजर गर्दै युनियन भंग गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

neb-notice-1774790045.jpg

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर