Sunday, August 9, 2026

वैशाख १ देखि इन्ट्रान्स तयारी र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्न सरकारको निर्देशन

कलैया, १५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०८३ वैशाख १ गतेदेखि विद्यालय तथा उच्च शिक्षाका सबै तहमा सञ्चालन हुने प्रवेश परीक्षा (इन्ट्रान्स) तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार विभिन्न संस्थाहरूले सञ्चालन गर्ने यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्ने, शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्‍याउने र अभिभावकलाई अनावश्यक आर्थिक बोझ थप्ने देखिएको छ। माननीय मन्त्रीस्तरबाट २०८२ चैत १३ गते भएको निर्णयअनुसार निर्देशन जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू आगामी २०८३ साल वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न यो निर्देशन गरिएको छ।”

May be an image of text

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर