Sunday, August 9, 2026

पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न सर्वोच्च अदालतको अस्विकार

कलैया, १६ चैत । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।

लेखककी पत्नी यशोदा लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सोमबार सुनुवाइ गर्दै अदालतले उनलाई तत्काल रिहा गर्न अन्तरिम आदेश दिन नमानेको हो।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ भएको थियो।

सुनुवाइपछि न्यायाधीश रेग्मीले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेका छन्। अदालतले लेखकलाई थुनामा राख्नुको आधार र कारणसहित लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर