Sunday, August 9, 2026

आजदेखि सुरु हुने एसईईमा मधेशबाट साढे ८७ हजार विद्यार्थी परीक्षा दिँदै 

कलैया, १९ चैत। आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि मधेश प्रदेशमा आन्तरिक तयारी पूरा भएको छ । यस वर्ष प्रदेशभरबाट ८७,५९२ जना विद्यार्थी परीक्षा दिँदै छन्।

परीक्षाको लागि प्रदेशभर २ सय ९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशले जनाएकोछ । ती केन्द्रहरूमा १,३१६ विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । परीक्षा सञ्चालन प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन पनि व्यापक रूपमा गरिएको छ ।

प्रदेशभर २ सय ९९ जना केन्द्राध्यक्ष, ४ सय ३३ जना सहायक केन्द्राध्यक्ष, ४ हजार २ सय ३५ जना निरीक्षक, ७ सय ३४ जना परीक्षा सहायक, एक हजार ६ सय ३ जना कार्यालय सहयोगी र परीक्षा केन्द्रमा ४ हजार ४ सय ८५ जना सुरक्षाकर्मी: कर्मी परिचालन गरिने छ।

जिल्लागत विवरणअनुसार, धनुषा जिल्लाबाट सबैभन्दा बढी १३,२६२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्, ती २०३ विद्यालयका विद्यार्थी हुन् । सबैभन्दा कम सप्तरी जिल्लाबाट ९,२७६ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्, ती १६२ विद्यालयका हुन् ।

यस्तै सिरहा जिल्लाबाट ११ हजार ३८, महोत्तरीबाट ११ हजार ३ सय ५१, सर्लाहीबाट ११ हजार ३ सय ७१, रौतहटबाट ९ हजार ७ सय ७७, बाराबाट १० हजार ८ सय १४ र पर्साबाट १० हजार ७ सय ३ जना परीक्षार्थी सहभागी हुने छन्।

२०८१ मा मधेश प्रदेशबाट ८८ हजार ८ सय ५८ विद्यार्थी सहभागी भएकोमा यस वर्ष एक हजार २ सय ६७ जना कम सहभागी भएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर