कलैया, १९ चैत । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटेको छ । सुन तोलामा रु तीन हजार ६०० र चाँदी रु १६५ ले घटेको हो ।
आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७८० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको थियो ।





