Friday, June 5, 2026

गृहमन्त्री गुरुङद्वारा त्रिभुवन विमानस्थलमा छड्के अनुगमन

spot_img

कलैया, १९ चैत । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन्। विमानस्थलको सुरक्षा व्यवस्था र सेवा प्रवाहको वस्तुस्थितिबारे जानकारी लिन उनी बिहीबार विमानस्थल पुगेका हुन्।

अनुगमनका क्रममा मन्त्री गुरुङले भिआइपी कक्ष, अध्यागमन विभागका साथै यात्रुहरूको आगमन र प्रस्थान कक्षको अवलोकन गरेका थिए। निरीक्षणका क्रममा उनले कर्मचारीहरूलाई यात्रुमैत्री व्यवहार गर्न र कार्यसम्पादनमा कुनै सम्झौता नगर्न निर्देशन दिए।

सरकारले सार्वजनिक सेवा सुधारलाई प्राथमिकतामा राखेको बताउँदै उनले सेवाग्राहीले सास्ती भोग्नुपर्ने अवस्था आउन नदिन समेत सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर