Saturday, June 6, 2026

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको आग्रह

spot_img

कलैया, २० चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा डिजिटल प्लेटफर्महरू प्रयोग गरी कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्न सर्वसाधारणलाई पुनः सचेत गराएको छ। सरकारले यसअघि नै यस्ता गतिविधिमाथि पूर्ण प्रतिबन्ध लगाइसकेको सन्दर्भमा ब्यूरोले सूचना जारी गर्दै गैरकानुनी कार्यमा संलग्न नहुन सचेत गराएको हो।

ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार, अनलाइन बेटिङ वा सट्टेबाजीमा संलग्न हुनु फौजदारी कसुर हो। यदि कसैले यस्ता प्लेटफर्म सञ्चालन गरेको वा कारोबारमा सहभागी भएको पाइएमा मुलुकी अपराध संहिता, २०७४ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ। यस अन्तर्गत संलग्न व्यक्तिलाई कैद, जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान रहेको छ।

प्रहरीले कारबाहीका क्रममा सट्टेबाजीबाट आर्जन गरिएको अवैध रकम र प्रयोग गरिएका प्राविधिक उपकरणहरू (जस्तै मोबाइल, ल्यापटप आदि) समेत जफत गरिने स्पष्ट पारेको छ। ब्यूरोले नागरिकहरूलाई यस्ता प्रतिबन्धित एप र साइटहरूबाट टाढै रहन आग्रह गर्दै, कहीँ कतै यस्ता गतिविधि सञ्चालन भइरहेको जानकारी पाएमा तुरुन्त प्रहरीलाई खबर गरेर नागरिक दायित्व पुरा गर्न समेत अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर