Friday, June 5, 2026

आजदेखि कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म

spot_img

कलैया, २३ चैत । सरकारले सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूको सञ्चालन समयमा नयाँ व्यवस्था लागू गरेको छ।

मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार आजदेखि यी निकायहरू बिहान ९:०० बजे खुल्नेछन् भने अपराह्न ५:०० बजेसम्म सञ्चालन हुनेछन्।

गृह मन्त्रालयले सोमबारको मन्त्रिपरिषद् बैठकको उक्त निर्णयलाई राजपत्रमा प्रकाशन गर्दै यसै चैत २३ गतेदेखि नयाँ समयतालिका कार्यान्वयनमा आउने जानकारी दिएको हो।

यस नयाँ व्यवस्थासँगै सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयलाई पनि औपचारिक रूपमा निरन्तरता दिएको छ।

यद्यपि, प्रत्येक वर्षको कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको अवधिमा भने कार्यालय समय बिहान ९:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म मात्र रहने राजपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर