Sunday, August 9, 2026

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

बारा, २३ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूको अनुपस्थितिका कारण सेवा प्रवाहमा गम्भीर असर परेको भन्दै कारबाहीको चेतावनी दिएको छ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारी र प्रशासकीय अधिकृतहरू नियमित रूपमा कार्यालयमा उपस्थित नहुँदा जनताले सास्ती भोग्नुपरेको र गुनासो बढेको उल्लेख गरेको हो।

उक्त सूचनामार्फत मन्त्रालयले स्थानीय तहमा खटाइएका सबै कर्मचारीहरूलाई अनिवार्य रूपमा आफ्नो कार्यक्षेत्रमा उपस्थित भई तोकिएको जिम्मेवारी बहन गर्न कडा निर्देशन दिएको छ।

सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गर्दै मन्त्रालयले निर्देशनको पालना नगर्ने कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर