Saturday, June 6, 2026

नारायणी अस्पतालको सेवा र प्रक्रिया सम्बन्धी गुनासोको लागि गुनासो केन्द्रको व्यवस्था 

spot_img

कलैया, २४ चैत। नारायणी अस्पतालले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवम् नतिजाको सम्बन्धमा सेवाग्राहीका गुनासोको सुनुवाई तथा समाधानका लागि गुनासो व्यवस्थापन केन्द्र स्थापना गरेको छ।

अस्पतालको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरु राख्न सक्नेगरी गुनासो व्यवस्थापन केन्द्र स्थापना गरिएको हो। गुनासो व्यवस्थापन केन्द्रका लागि मेडिकल अधिकृतको नेतृत्वमा अन्य कर्मचारी समेत रहनेगरी जिम्मेवारी तोकिएको र उक्त केन्द्रले गुनासोहरुको संकलन र वर्गीकरण गरी सम्बन्धित पदाधिकारीबाट सम्बोधन गराउने छ।

गुनासो व्यवस्थापन केन्द्रको सहजकर्ताको रुपमा नारायणी अस्पतालका प्रवक्ता तथा सुचना अधिकारी डा उदय नारायण सिंह (९८४६६९९७६२) लाई प्रमुख र कमलेश कुमार सहनी (९८५५०१५०३२) तथा अखिलेश तिवारी (९८५५०१६१५९) लाई सहजकर्ताको जिम्मेवारी तोकिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर