बारा,२६ चैत । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलामा रु १५० ले घटेको हो ।
आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८७५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २५ कायम भएको थियो ।





