Sunday, August 9, 2026

मानव बेचबिखनमा संलग्न चार जना पक्राउ

बारा , २६ चैत । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जन, चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर नगरपालिका–४ का सुष्मा तामाङ र धादिङको थाक्रे गाउँपालिका–७ का ४२ वर्षीय हरिशम्शेर रायमाझी रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा अभियुक्तहरूले प्रलोभन देखाएर नाबालिगलाई वेश्यावृत्तिमा लगाएको र केहीलाई हङकङमा राम्रो तलबको काम दिलाइदिने भन्दै कम्बोडिया पुर्‍याएको खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर