Friday, June 5, 2026

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

spot_img

कलैया, २७ चैत। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले हिजो राति बिहीबार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य बढाएको हो ।

बढेको मूल्य अनुसार अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको निगमले जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले आइतबार मात्र पेट्रोलियम पदार्थको भन्सार शुल्क र पूर्वाधार विकास शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियोे । तर, छुट पश्चात् पनि निगमको घाटा पूर्ति नभएको भन्दै मूल्य वृद्धि गर्नु परेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर