Friday, June 5, 2026

प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका युट्युबर रिहा

spot_img

बारा, २९ चैत । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलगायतका नेताहरूविरुद्ध आपत्तिजनक युट्युब सामग्री बनाएको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ निवासी पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले आवश्यक परेको बेला उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाएर छाडेको हो। यसअघि उनलाई साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी हिरासतमा राखिएको थियो।

पोखरेलको पक्राउलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध   भैरहेको छ । उनीमाथि लागेको आरोपबारे थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर