Friday, June 5, 2026

गाउँपालिका र नगरपालिकाको संख्या कम गर्न सातवटै प्रदेशबाट सुझाव माग

spot_img

बारा, ०४ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका र वडाको संख्या हेरफेर गर्न, गाउँपालिका वा नगरपालिका एकापसमा गाभिन सातवटै प्रदेशबाट राय तथा सुझाव माग गरेको छ।

शाखा अधिकृत हरिप्रसाद पौडेलले बिहीबार सुचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ मा भएको व्यवस्था अनुसार नगरपालिका तथा गाउँपालिकाको विद्यमान वर्गीकरणमा पुनरावलोकन गर्ने कार्य व्यवस्थित गर्न आवश्यक रहेकोले मन्त्रालयले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राय र सुझाव माग गरेको हो।

साथै मन्त्रालयले विभिन्न समयमा छलफल गरी तयार गरेको ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड २०८३’ प्रारम्भिक मस्यौदा पठाएको जनाएको छ।

उक्त मापदण्डको सम्बन्धमा कुनै राय वा सुझाव भए ३ दिनभित्र मन्त्रालयको ईमेलमा पठाउन आग्रह गरिएको छ। पछिल्लो समय नेपालमा स्थानीय तह, वडाहरुको संख्या बढेको भन्दै यसलाई कम गर्नुपर्ने विषयमा बहस हुँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर