Friday, June 5, 2026

आजदेखि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छाप्न सुरु हुने

spot_img

बारा, ०४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सार्वजनिक सेवा प्रवाहमा सुधारको घोषणा गरेका छन्।

उनले ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था आजैदेखि कार्यान्वयनमा आएको जानकारी दिएका छन्। विगतमा लाइसेन्सका लागि महिनौँ कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै मन्त्री तिमिल्सिनाले आगामी असार मसान्तभित्र हालसम्म बाँकी रहेका सबै लाइसेन्स छापिसक्ने लक्ष्य राखिएको बताएका छन्।

निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले वर्षौंदेखि थन्किएर बसेका करिब एक अर्ब बराबरका उपकरण र जेनेरेटरहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएका छन्। उनले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन र सेवाग्राहीका गुनासा तत्काल समाधान गर्न जोड दिए । साथै, उनले आगामी एक वर्षभित्र देशका सबै नागरिकमा गुणस्तरीय इन्टरनेट र टेलिकम सेवा पुर्‍याउने मन्त्रालयको योजना समेत बताएका छन्।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक ४० हजार हाराहारीमा लाइसेन्स छपाइ भइरहेको छ। केन्द्रले वैशाख १२ गतेभित्र १२ लाख र असार मसान्तसम्म थप १७ लाख लाइसेन्स छापी सक्ने गरी काम अगाडि बढाएको छ।

भविष्यमा यही केन्द्रबाट राहदानी, अन्तःशुल्क स्टिकर र चेकबुक जस्ता महत्वपूर्ण कागजातहरू छाप्ने गरी आठ अर्बको विस्तृत व्यावसायिक योजना सरकारसमक्ष पेस गरिएको जानकारी समेत उनले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर