रौतहट, ०५ बैशाख। रौतहटको एकजना किसानले पालेको बोका चोरी गर्ने युवालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ५ निवासी शिवम माझीको घरबाट हिजो ४ गते रातिको समयमा चोरी भएको बोका र चोरलाई प्रहरीले पक्राउ गरेर सम्बन्धित किसानलाई बोका बुझाएको छ ।
यस्तै पक्राउ परेका बोका चोर रौतहटको देवाही गोनाही नगरपालिका वडा नं ६ उचिडी बस्ने अन्दाजी २७ वर्षीय विक्रम ठाकुरलाई जिल्ला अदालत रौतहटबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ ।





