Sunday, August 9, 2026

बारामा चट्याङ लागेर एक जनाको मृत्यु

बारा, ०५ वैशाख । बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बारा जिल्लाको कोल्हवी नगरपालिका–५ सोनाभार निवासी जनक चौधरीका छोरा अन्दाजी ३६ वर्षीय लुटावन चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार चौधरी आफ्नै खेतमा काम गरेर घर फर्कने क्रममा घरबाट करिब ५०० मिटर पूर्वतर्फको बाटोमा हावाहुरी र वर्षासहित परेको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको डिएसपी पण्डितले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर