Sunday, August 9, 2026

देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

बारा, ०६ वैशाख । सरकारले आज र भोलि (सोमबार) देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’जुकाको औषधि खुवाउने विशेष अभियान सञ्चालन गरिरहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत यो अभियान अघि बढाइएको हो।

स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार यस पटक देशभरका करिब २२ लाख बालबालिका (६ महिनादेखि ५९ महिनासम्मका) लाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने लक्ष्य राखिएको छ। यस्तै, २० लाख बालबालिका (१ वर्षदेखि ५ वर्षमुनिका) लाई जुकाको औषधि ‘अलबेन्डाजोल’ समेत दिइँदै छ।

यस अभियानलाई सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका१५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। स्थानीय तहहरूले आफ्ना क्षेत्रका पायक पर्ने स्थानहरूमा खोप केन्द्रहरू स्थापना गरेका छन्।

विशेषज्ञहरूका अनुसार भिटामिन ए ले बालबालिकाको आँखाको ज्योति बचाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र समग्र शारीरिक विकासमा मद्दत गर्छ यस्तै जुकाको औषधिले पेटका किरा हटाई कुपोषण, रक्तअल्पता (रगतको कमी), पेट दुख्ने र झाडापखाला जस्ता समस्याबाट जोगाउँछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर