Friday, June 5, 2026

पथलैया देखि चुरियामाईसम्म २५/२५ मिटर भित्रको संरचना हटाउन ३ दिनको अल्टिमेटम

spot_img

कलैया, ०८ बैशाख। सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्गको पथलैया देखि चुरियामाई सम्मको बाटोमा रहेको संरचना हटाउन ३ दिनको अल्टिमेटम दिएको छ।

सडक डिभिजन कार्यालय हेटौंडाले सडक विभागको स्वीकृति प्राप्त नगरी सार्वजनिक सडक र सडक सिमा भित्र अनाधिकृत तवरले निर्माण गरिएको घर टहरा हटाउन यसअघि पनि २०७३ मंसिर १८ गते र २०८० असार ९ गते लगायतको विभिन्न मितिमा डिभिजनबाट सुचना जारी गर्दा पनि नहटाएकोले बैशाख १० गतेभित्र घर टहरा हटाउन सुचना जारी गरेको हो।

डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले ७ गते सोमवार सुचना जारी गर्दै महेन्द्र राजमार्गको पथलैया चुरियामाई ३ नं पुल र चुरियामाई मन्दिर बाराको क्षेत्रमा सडकको केन्द्रबाट दायाँबायाँ दुबैतिर २५/२५ मिटरको सिमाभित्र रहेका घर/टहरा हटाउन आग्रह गरेका हुन्।

डिभिजन कार्यालयले सुचनाको अटेर गरी आदेश कार्यान्वयन नगरेमा सार्वजनिक सडक ऐन २०३१ र प्रचलित नेपाली कानुन बमोजिम कारबाही हुने जनाएको छ।

सुचना

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर