Friday, June 5, 2026

अबैध लागुऔषध गाँजासहित ४ जना भारतीय वीरगन्जबाट पक्राउ

spot_img

वीरगन्ज, ०८ बैशाख। जिल्ला प्रहरी कार्यालय पर्साले अबैध लागुऔषध गाँजासहित ४ जना भारतीयलाई पक्राउ गरेको छ।

जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं १६ शंकराचार्य गेट स्थित प्रहरी चौकी इनर्वा बाट खटिएको नियमित चेकिङ टोलीले भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ आउने जाने यात्रुलाई चेकजाँच गर्ने क्रममा वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेको व्यक्तिहरुलाई शंका लागेर रोकेको थियो।

रोकेर कानुनी रित पुर्याएर खानतलासी गर्दा ४ जनाले आफ्नो शरीरको पेट तथा छातिको मागमा रातो रंगको प्लाष्टिकमा बेरेर लुकाई छिपाई लैजाँदै गरेको ६ किलो १८ ग्राम लागुऔषध गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको बिहार पश्चिम चम्पारन बेतिया जिल्ला नगर निगम थाना वडा नम्बर ३३ मा बस्ने ३५ वर्षिय सफि अहमद, थाना मझमलीया ग्राम सरेसवर वडा नम्बर ८ बस्ने ३३ वर्षिय विनय ठाकुर, थाना नौराङावाद वडा नम्बर ३३ वर्षिय मुकिम मियाँ र थाना मिनाबजार वडा नम्बर २५ बस्ने २८ वर्षिय महम्मद एकबाल रहेका छन्।

लागुऔषध गाँजासहित पक्राउ परेका उनीहरूमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर