बारा, ०९ वैशाख । आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेर ३ लाख ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि मंग्लबार प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँ घटेर ५ हजार १३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला ५ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




