Friday, June 5, 2026

लहरे बालीमा थ्रीजी कटिङ्ग प्रविधिः उत्पादन वृद्धि गर्ने बैज्ञानिक उपाय

spot_img

राजेश्वर मण्डल/कलैया, ०९ बैशाख। लहरे तरकारी बाली भन्नाले काँक्रो, फर्सी, घिरौला लौका, करेला, चिचिन्डो, स्कुस आदिलाई बुझिन्छ। विगत समयमा रसायनिक कीटनाशकको अत्याधिक प्रयोगको कारण, परागसेचनको (pollination) लागि जिम्मेवार फाइाजनक कीराहरू एकदमै कम हुँदै गइरहेका छन् जसले गर्दा तरकारीहरूमा एकदम नराम्रो परागसेचन भइरहेका छन।

नराम्रो परागसेचनको कारण कम फल लाग्ने, फल लगेपनि धेरै सानो फलहरू लाग्ने र विभिन्न कारणले गर्दा फूल फल झर्ने जस्ता समस्याहरू देखिदै आएका छन्। लहरे बालीको एउटा विशेषता के हो भने एउटै बोटमा भाले र पोथी अलग अलग भइ दुई प्रकारका फूल लाग्छन्। यी भाले र पोथी फूलहरूको फुल्ने समय पनि फरक फरक हुन्छन् ।

यस्ता लहरे बालीहरूमा भाले फूलको सङ्ख्या बढी र पोथी फूल कम सङ्ख्यामा फूल्ने हुँदा बोटमा फल कम आग्ने र उत्पादनमा कमी हुने समस्या देखिन्छ। यही समस्याको समाधानका लागि किसानहरू बीच अहिले “तेस्रो पुस्ता कटिङ” (3G Cutting) प्रविधि लोकप्रिय हुँदै गएको छ। यो विधि अपनाउँदा एउटै बोटबाट धेरै पोथी फूल लाग्ने र उत्पादन बढ्ने देखिएको छ।

नेपालमा अहिले माघको अन्तिम महिना देखि तराइ र पहाडमा लहरे तरकारी बाली लगाउने सिजन सुरु भएको छ। यस समयमा रोपाइँ गरिएको बालीमा समयमै 3G Cutting प्रविधि अपनाउँदा बोटमा धेरै शाखा हाङ‌गाहरुको विकास हुन्छन र ती सबै हाङगामा पोथी फूल फुल्ने हुदा बढी संख्यामा फलहरु लाग्छन र प्रतिएकाइमा धेरै भन्दा धेरै उत्पादन लिन सकिन्छ । यो विधि मात्र व्यवसायीक रुपमा गरेको खेतीमा नभइ सहरमा घरको गमलामा वा छतमा लगाएको थोरै बोटमा पनि गर्न सकिन्छ।

साधारण भाषामा 3-G कटिङ्ग भन्नाले तेश्रो पुस्ता अर्थात 3rd (Third) Generation भन्ने बुझिन्छ। यो प्रविधि मुख्यतः बोटमा पहिलो र दोश्रो पुस्ताको हाँगा (1st and 2nd generations branches) नभई तेश्रो पुस्ताको हाँगा (Third Generation Branches) को उत्पादन र विकास गराउन मद्दत गर्ने प्रविधि हो।

पहिलो पुस्ताको हाँगा भनेको रोपेको बिरुवा आफै, जसलाई मुल काण्ड वा मुख्य हाँगा पनि भनिन्छ। दोश्रो पुस्ताको हाँगा भनेको पहिलो पुस्ताको हाँगा वा मुख्य हाँगाबाट पलाएको हाँगा हो। त्यस्तै गरी तेश्रो पुस्ताको हाँगा भनेको दोश्रो पुस्ताको हाँगाबाट पलाएको हाँगा हो। जुनसुकै बिरुवाहरुमा पनि पोथी फूलमा मात्र फल लाग्दछ।

प्रायः सबै लहरे तरकारी बालीमा एउटै बोटमा भालेर पोथी फूल छुट्टाछुट्टै ठाँउमा लाग्दछ। साधारणमा भन्नू पर्दा लहरेबालीमा एउटा पोथी फुल फुल्यो भन्ने तेस्मा १४ ओटा भले फुल फुल्छन जसबाट एउटा फल पनि बन्दैन त्यसैले 3G कट्टिङ गरेर १ पोथी फुल संख्यालाई बढाएर १२-१४ सम्म गर्न सकिन्छ जसको मतलब १२-१४ ओटा फल लाग्न सक्छ ।

तिन पुस्ता कटिङ्ग (3-GCutting) गर्ने तरिका,

काँक्रा रोपेको वा बेर्ना सारेको दिन देखि त्यसमा ५-६ जोडी पातहरुको विकास भयो भन्ने जमिनको सतहबाट ५-६ फुटको उचाईमा त्यसको टुप्पा सिकेचरको मद्दतले काट्नुपर्दछ। यसलाई पहिलो पुस्ताको कटिङ्ग भनिन्छ ।

यसरी मुख्य हाँगाको टुप्पो काटिसकेपछि, उक्त मुख्य हाँगाबाट अरु हाँगाहरु पलाउँछन्। यसरी पलाएका हाँगाहरुलाई दोश्रो पुस्ताको हाँगा भनिन्छ। पलाएका दोश्रो पुस्ता हाँगाहरु मध्ये स्वस्थ्य र बलिया हाँगाहरु ३-४ वटा राखी अन्य हाँगाहरु लाई पनि पलाएकै ठाउँबाट हटाईदिनु पर्दछ।

राखेका ४-५ वटा दोश्रो पुस्ता हाँगाको लम्बाई वा उचाई २-३ फुट भईसकेपछि (५-६ जोडी पातहरु पलाएपछि) तिनिहरुको पनि टुप्पो अगाडीको जस्तै गरि काटिदिनु/हटाउनुपर्दछ। यसलाई दोश्रो पुस्ताको कटिङ्ग भनिन्छ। दोश्रो पुस्ताको कटिङ्ग दोश्रो पुस्ताको हाँगाबाट तेश्रो पुस्ताको हाँगाहरु पलाउन मद्दत गर्दछ।

पलाएका तेश्रो पुस्ता हाँगाहरु मध्ये स्वस्थ्य र बलिया हाँगाहरु ३-४ वटा राखी अन्य हाँगाहरु लाई पनि पहिलो जस्तै गरि पलाएकै ठाउँबाट हटाईदिनु पर्दछ। राखेका ४-५ जोडी तेश्रो पुस्ता हाँगाको लम्बाई वा उचाई २-३ फुट भईसकेपछि (५-६ जोडी वटा पातहरु पलाएपछि) तिनिहरुको पनि टुप्पो अगाडीको जस्तै गरि काटिदिनु/हटाउनुपर्दछ। यसलाई तेश्रो पुस्ताको कटिङ्ग भनिन्छ ।अब, तेश्रो पुस्ताको बिरुवालाई उचित स्याहार सम्भार सहित वृद्दि र विकास हुन दिनुपर्दछ।

लहरे तरकारी बालीमा 3-G Cutting को फाईदाहरु,

यो प्रविधिको माध्यमबाट सानो जग्गामा पनि प्रति बोट बढी उत्पादन र उत्पादकत्व वृद्दि गर्न सहयोग पुर्याउँदछ ।

यो प्रविधिले बोटमा पोथी फूलहरुको संख्या वृद्दी गराई फल पनि बढी नै संख्यामा लाग्दछ।

यो प्रविधिले बिरुवाको हरेक भागमा प्रशस्त मात्रामा प्रकाशको किरणको पहुँचतालाई बढाउँदछ । जसले गर्दा बिरुवाको उपयुक्त वृद्दि र विकासमा टेवा पुग्दछ ।

यो प्रविधिमा ध्यान दिनुपर्ने आवश्यककुराहरु,

पहिलो पुस्ताको हाँगा (मुख्य हाँगा) मा यदि ५-६ जोडी वटा पातहरु पलाउन्जेल सम्म यदि त्यसको टुप्पो काटिएन भने त्यसले कुनैपनि दोश्रो पुस्ताको हाँगा दिदैन ।

दोश्रो पुस्ताको टुप्पो १०-१२ वटा पातहरु (५-६ जोडी वटा पात) भएपछि १२ औं पातको ठ्याक्कै माथि काट्नुपर्दछ ।

लेखक राजेश्वर मण्डल बारा जिल्ला निवासी हुनुहुन्छ भने उहाँ पन्जाब टेक्निकल युनिभर्सिटीबाट कषि बिषयमा स्नातक गर्नुभएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर