Friday, June 5, 2026

सशस्त्र प्रहरी बल बाराद्वारा १९ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न

spot_img

बारा, १० वैशाख । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराले १९ औं स्थापना दिवस एक विशेष समारोहका बीच भव्य रूपमा मनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको उद्घाटन केक काटेर र बेलुन उडाएर गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले संगठनको मेरुदण्ड भनेकै इमानदार, सेवामुखी र अनुशासित जनशक्ति भएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा राष्ट्रको आवश्यकतालाई सदैव माथि राख्नुपर्नेमा जोड दिए। स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सशस्त्र प्रहरीका जवानहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू मार्फत आफ्नो कला प्रदर्शन गरेका थिए।

सोही अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरू, हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने सुरक्षाकर्मीहरू र स्थापना दिवसका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरूलाई सम्मान पत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

बाहिनीपति ढकालले सशस्त्र प्रहरी बलले रजत महोत्सव मनाउन सफल भएको चर्चा गर्दै सीमा सुरक्षा, आन्तरिक सुरक्षा र विपद् व्यवस्थापन जस्ता नेपाल सरकारले तोकेका १४ वटा मुख्य जिम्मेवारीहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सफल भएको बताएका छन्।

गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र कुमार साह, कलैया उप–महानगरपालिकाका प्रमुख बिनोद साह, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायत अन्य सुरक्षा निकायका प्रमुखहरू, अवकाश प्राप्त अधिकारीहरू, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सो कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्द चौधरीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर