वीरगन्ज, ११ बैशाख। वीरगन्ज महानगरपालिकाले आज शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरले शोक विदा घोषणा गरेको हो।
मेस्तर्नीको यही बैशाख ४ गते निधन भएको थियो। उहाँ २०६४ साल पुस ९ गतेदेखि महानगरपालिकामा स्थायी रूपमा कार्यरत हुनुहुन्थ्यो। महानगरपालिकाले दिवंगत मेस्तर्नीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
उहाँको सम्झनामा शुक्रबार बिहान १०:३० बजे महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा महानगर प्रमुखको उपस्थितिमा प्रशासन प्रमुख शुनिल कुमार कर्ण तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।
प्रशासन प्रमुख कर्णका अनुसार आज महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाबाहेक सबै सेवाहरू बन्द रहनेछन्।





