Thursday, June 4, 2026

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव:केही स्थानमा वर्षा र हिमपात

spot_img

बारा, १३ वैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण देशभरिको मौसममा बदली आएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ।

सुदूरपश्चिम प्रदेशका तराई भेगमा भने मौसम मुख्यतया सफा देखिए पनि कोशी, गण्डकी र लुम्बिनीका केही स्थान र बागमतीका थोरै स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी भेगमा मौसम साधारणतया बदली रहने देखिन्छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका केही स्थान तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली कायमै रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुनेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

मौसममा आएको यो परिवर्तनसँगै देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँचहरूमा गर्मी बढ्ने पूर्वानुमान गरिएको छ।

बढ्दो तापक्रम र मौसमको अनिश्चिततालाई मध्यनजर गर्दै महाशाखाले ती क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर