Thursday, June 4, 2026

रास्वपाद्वारा आगामी स्थानीय तहको निर्वाचनका लागि सुझाव आह्वान

spot_img

बारा, १६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन आधिकारिक रूपमा सुझाव माग गरेको छ।

पार्टीले एक पत्र जारी गर्दै निर्वाचनका लागि उम्मेदवार चयनको विधि पारदर्शी, समावेशी र पूर्ण रूपमा योग्यतामा आधारित बनाउने उद्देश्यका साथ मातहतका निकाय र सरोकारवालाहरूसँग राय मागेको हो।

यसअघि वैशाख ७ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति’ गठन गरेको थियो।

सोही समितिको वैशाख १४ गते बसेको बैठकले देशभरका निर्वाचन क्षेत्र समितिहरूबाट वस्तुनिष्ठ सुझाव सङ्कलन गर्ने निर्णय गरेसँगै प्रक्रिया अघि बढेको हो।

पार्टीले आफ्ना सबै निर्वाचन क्षेत्र समितिहरूलाई स्थानीय तहको विशिष्टतालाई ध्यानमा राखी गहन छलफल गर्न र व्यावहारिक एवं कार्यान्वयन गर्न सकिने सुझावहरू पेस गर्न निर्देशन दिएको छ।

उम्मेदवारको योग्यता, क्षमता र जनस्तरको लोकप्रियतालाई मापन गर्ने वैज्ञानिक संयन्त्र तयार गर्न रास्वपाले यो कदम चालेको बुझिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर