Friday, June 5, 2026

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, आजैदेखि लागू हुने

spot_img

बारा, १६ वैशाख । यातायात व्यवस्था विभागले इन्धनको मूल्यमा भएको वृद्धिलाई मुख्य कारण देखाउँदै सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ।

विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक सवारी साधनका साथै पहाडी र तराईका सडकमा चल्ने मालवाहक सवारी साधनमा समान ५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वैशाख १२ गते दिएको सहमतिका आधारमा गरिएको यो निर्णय आज बुधबारदेखि नै देशभर कार्यान्वयनमा आएको छ। पछिल्लो समय डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेपछि विभागले छोटो समयमै दोस्रो पटक भाडा समायोजन गर्नुपरेको जनाएको छ।

यसअघि गत चैत २५ गते पनि यातायातको भाडा बढाइएको थियो। यद्यपि, पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँग प्रत्यक्ष सरोकार नहुने भएकाले विद्युतीय सवारी साधनको हकमा भने पुरानै भाडादर कायम रहने र उनीहरूले भाडा बढाउन नपाउने विभागले स्पष्ट पारेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर