Thursday, June 4, 2026

कलैयामा निजी विद्यालयको शुल्क निर्धारण प्रक्रिया सुरु, भोलि समितिको बैठक

spot_img

बारा, २२ वैशाख ।  बाराको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शुल्कमा एकरुपता ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिव कुमार यादवले नगरभित्रका निजी विद्यालयहरूले लिने शुल्कमा देखिएको भिन्नतालाई व्यवस्थित गर्न गृहकार्य सुरु भएको जानकारी दिएका छन्।

यसै सन्दर्भमा भोलि शुल्क निर्धारण समितिको बैठक आह्वान गरिएको छ। महाशाखा प्रमुख यादवका अनुसार अभिभावकहरूको गुनासो र शिक्षा नियमावलीको प्रावधानलाई मध्यनजर गर्दै विद्यालयहरूको वर्गीकरण र प्राप्त सुविधाका आधारमा न्यायोचित शुल्क तोकिने छ।

जथाभावी शुल्क लिने परिपाटीलाई निरुत्साहित गर्दै शिक्षा क्षेत्रलाई थप पारदर्शी र मर्यादित बनाउन यो कदम चालिएको उनले बताएका छन्। भोलि ११ बजे बस्ने बैठकमा सरोकारवाला निकाय, विद्यालय सञ्चालकका प्रतिनिधि, शिक्षाका अगुवा र अभिभावकको सहभागिता रहने छ । सोही बैठकले शुल्कको सीमा र मापदण्ड तय गर्ने अपेक्षा गरिएको छ।

निर्णय कार्यान्वयनमा आएपछि कलैयाका हजारौँ विद्यार्थी र अभिभावकहरू लाभान्वित हुने विश्वास लिइएको छ।

उपमहानगरपालिकाले शिक्षाको गुणस्तर सुधारसँगै शुल्क व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर अघि बढेको प्रमुख यादवले स्पष्ट पारेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर