Saturday, August 1, 2026

सङ्घीय सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु

बारा, २४ वैशाख । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकहरूमा सांसदहरूको उपस्थितिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ बायोमेट्रिक विवरण सङ्कलन कार्य सुरु गरेको छ।

बैठकमा सांसदहरूको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने नयाँ व्यवस्था कार्यान्वयनका लागि बिहीबार (वैशाख २४) देखि यो प्रक्रिया थालिएको हो।

सचिवालयका अनुसार हालसम्म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, विकास, आर्थिक मामिला तथा सुशासन, अर्थ, र विधायन व्यवस्थापन जस्ता विषयगत समितिका सांसदहरूको विवरण सङ्कलन कार्य सम्पन्न भइसकेको छ।

विवरण सङ्कलनको यो कार्यलाई निरन्तरता दिँदै अहिले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, साथै कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्यहरूको जैविक पहिचान लिने काम भइरहेको छ।

कार्यतालिका अनुसार वैशाख २५ गते शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत, संघीयता सबलीकरण, पूर्वाधार विकास, सार्वजनिक नीति, महिला तथा सामाजिक मामिला र राज्यव्यवस्था समितिका सांसदहरूको विवरण सङ्कलन गरिनेछ। बाँकी रहेका सार्वजनिक लेखा र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरूको बायोमेट्रिक विवरण भने वैशाख २८ गते सङ्कलन गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ। 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर