Thursday, June 4, 2026

८ वटा विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

spot_img

बारा, २५ वैशाख । विभिन्न विश्वविद्यालयहरूमा रिक्त रहेका उपकुलपति पदको पूर्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।

उपकुलपति छनोट तथा सिफारिस समितिले एकैपटक ८ वटा विश्वविद्यालयहरूका निम्ति आवेदन माग गर्दै प्रक्रिया अगाडि बढाएको हो।

यसरी दरखास्त आह्वान गरिएका शिक्षण संस्थाहरूमा मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयसहित पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, कृषि तथा वन, मध्यपश्चिम, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालय रहेका छन्। समितिले नियुक्ति प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउनका लागि ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ समेत जारी गरेको छ।

इच्छुक उम्मेदवारहरूले उक्त कार्यविधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर